काठमाडौं- समाजवादीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी सरकारमा जानु आत्महत्या हुने बताएका छन्।
सरकारबाट बाहिरिएको भोलिपल्ट बुधबार आयोजित पत्रकार सम्मेलनमा यादवले राजपाले त्यसखालको आत्महत्या गर्ला भन्ने आफूलाई नलागेको बताए।
'राजपाले आफूलाई आत्महत्या नै गर्छ त? त्यो त म पत्याउँदिन। उसले आत्महत्या नै गर्ला भन्ने मलाई लाग्दैन। आत्मघाती कदम उठाउला भन्ने मलाई लाग्दैन', यादवले भने।
यादवले राजपाले कुनै हालतमा सरकारमा जाँदैनौं भनेर भनिरहेको अवस्थामा त्यसलाई उल्टाएर बुधबार सरकारमा नजाने विश्वास व्यक्त गरे। तर सरकारमा जानु राजपाको स्वतन्त्रता भएको उनले प्रष्ट पारे।
पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अब कोही पनि पार्टी संविधान संशोधन हुन्छ भनेर त्यहाँ जान्छ भने त्योभन्दा मुर्खता र अन्धता के हुन्छ? भन्दै प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।