काठमाडौ-समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मुद्दाका आधारमा सहकार्य हुनसक्ने बताएका छन्।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको सर्मथन फिर्ता लिँदै भट्टाईले यस्तो बताएका हुन्।
पार्टी सरकारबाट बाहिरिएपछि संसदीय दलमा भएको पत्रकार सम्मेलनमा प्रतिपक्षी दलहरूसँग विचार र मुद्दाका आधारमा सहकार्य हुने भट्टराईले बताएका हुन्।
‘प्रतिपक्षमा भएपछि विचार र मुद्दा मिल्नेसँग मिल्नु नै धर्म हुन्छ’ उनले भने ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी राप्रपासँग विचार र मुद्दाका आधारमा सहकार्य हुन सक्छ।’
सभामुख चयन प्रक्रियामा समाजवादी कतातिर लाग्छ भन्ने प्रश्नमा उनले सभामुख चयन प्रक्रियामा समाजवादी पार्टीको कुनै लोभ नभएको पनि उनले बताए।
‘सभामुख चयन प्रक्रिया अब अघि बढ्ला’ उनले भने‚ ‘नेकपासँग बहुमत छँदैछ, हाम्रोतर्फबाट कुनै लोभ छैन। आकांक्षा छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।