काठमाडौं- नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्दागर्दै एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले चन्द्रागिरी नगरपालिका-११ सिप्रदी कार्यालय नजिकै सडकखण्डमा मोटरसाइकल चोरी गर्दागर्दै मकवानपुर थाहा नगरपालिका-११ का सुवास श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो।
प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक खेमराज रावतले बा १० प ३१६८ नम्बरको स्प्लेण्डर मोटरसाइकल चोरी गर्दागर्दै पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।