काठमाडौँ- मुलुकका सम्पदालाई प्रचारप्रसार गर्न जनस्तरबाट ‘विश्व सम्पदा उत्सव मूल समारोह समिति’ गठन गरिएको छ।
समितिको निर्देशन समितिको संयोजकमा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ, सदस्यहरुमा सांसद रामवीर मानन्धर तथा प्रदेशसभा सांसद राजेश शाक्य र वसन्त मानन्धर छन्।
त्यसैगरी समितिको सहसंयोजकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, सचिवमा डिल्लीरत्न तुलाधर र कोषाध्यक्षमा विन्देश्वर श्रेष्ठ छन्। सञ्चार समितिको संयोजकमा भीमसेन राजवहाकलाई जिम्मेवारी दिइएको छ। उक्त समितिमा १८ सदस्य मनोनयन गरिएको छ।
आगामी बैसाख ५ गते हुने विश्व सम्पदा दिवसका लागि विभिन्न रचनात्मक कार्य समितिले गर्नेछ। मुलुकमा रहेका विभिन्न सम्पदालाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न समितिले भूमिका निर्वाह गर्ने संयोजक श्रेष्ठले जानकारी दिए।
काठमाडौँ वसन्तपुर क्षेत्रदेखि स्वयम्भूसम्मका सम्पदास्थलको संरक्षण तथा प्रवर्द्धनका लागि समेत सो समितिले कार्य गर्ने बताइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।