काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)मा ‘वनको भन्दा मनको बाघले धेरै खाएको’टिप्पणी गरेका छन्।
बुधबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको छलफलमा मन्त्री ज्ञवालीले एमसिसीविरुद्ध भइरहेका टिप्प्णी गहिरो अध्ययन अभाव र अनावश्यक आग्रहबाट भएको बताए।
‘एमसिसीमा वनको भन्दा पनि मनको बाघले धेरै खायो,’ ज्ञवालीले भने, ‘यसमा विरोध गर्नेहरुमा गहिरो अध्ययनको अभाव र कपितय सन्दर्भमा अनावश्यक आग्रहले पनि काम गरेको छ।’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अघिल्लो साता सकिएको स्थायी कमिटीको बैठकमा एमसिसीको विरोध भइरहेको थियो। नेकपा स्थायी कमिटीमा रामबहादुर थापा, भीम रावल, देव गुरुङ, योगेश भट्टराई, लीलामणि पोखरेलले, रघुजी पन्त, सत्यनारायण, जनार्दन शर्मालगायतले एससिसी अहिलेकै अवस्थामा अघि बढाउन नहुने मत राखेका थिए।
सम्झौतमा भारत उल्लेख हुनु, संसदबाट अनुमोदन हुनैपर्ने प्रावधान र कतिपय उच्च अमेरिकी अधिकारीले नै आफूहरुले अघि सारेको इन्डो–प्यासेफिक स्ट्राटेजी (आइपिएस)अन्तर्गतको योजना भएको धारणा सार्वजनिक रुपमै राखेको भन्दै यसको विरोध गर्नु परेको उनीहरुको तर्क छ।
मन्त्री ज्ञवालीले संसदबाट अनुमोदन गने विषय नराखिएको भए पनि हुने धारणा राख्दै अब सम्झौता भए पछि त्यसलाई नै अघि बढाउनु पर्ने बताए।
अन्तरदेशीय प्रसारण लाइनको कुरा भएकाले सम्झौतमा भारतसँग पनि सहमति लिने कुरा राखिएको उनले दावी गरे।
नेपालले लेखापरीण गर्न नपाउने कुरा गलत भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।