काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार घुससहित शाखा अधिकृतलाई पक्राउ गरेको छ।
घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वर,काठमाडौंमा कार्यरत शाखा अधिकृत इन्दिरा गौतम (खनाल )लेलाई आयोगले पक्राउ गरेको हो।
काठमाडौं हिडन ट्रेजर्स नामक कम्पनी दर्ताको क्रममा उक्त अंग्रेजी नाम हुँदैन नेपाली चाहिन्छ भन्दै पैसा मागेकी थिइन्। सेवाग्राहीले घुस दिएरअ अख्तियारलाई खबर गरेका थिए। उनलाई आयोगको टोलीले कार्यकक्षबाटै घुससहित पक्राउ गरेको हो।
अधिकृत गौतमका श्रीमान पनि निजामती सेवामै सहसचिव छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।