काठमाडौं– नेपाली सेनाबाट भागेका एकजना पेस्तोलसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१३ का ३५ वर्षीय रोशन बर्देवा छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कपनबाट पक्राउ गरेको हो। उनको साथबाट कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ।
सेनाबाट भागेर उनी आपराधिक क्रियाकलापमा लागेको पाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका बर्देवाविरुद्ध हात हतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।