जनकपुर– जनकपुर उपमहानगरपालिकाको पिराडी चोकमा आज बिहान एक जना अधवैँसे व्यक्तिको शव फेला परेको छ। शवको प्रकृति हेर्दा सडक दुर्घटनामा मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
मृतक जनकपुर उपमहानगरपालिका–९ का ४८ वर्षिय रैवतिरमन लाल कर्ण रहेको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ।
कर्णको लास सडकको बिचमा फेला परेको तथा नजिक सवारी साधनको सीसा समेत फुटेको कारण सवारीको ठक्करबाट मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।