कैलाली- कैलाली जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उक्त समूहको नेकपा दलित मुक्ति मोर्चाका एरिया संयोजक टीबी लामिछाने भनिने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए।
विकसँगै पक्राउ परेका सोही ठाउँका दिनेश विकको उक्त समूहमा संलग्न भए नभएको बारेमा खुल्न बाँकी रहेको बस्नेतले बताए। स्थानीय सामुदायिक वनमा नियमानुसार दाउरा काटिरहेका उपभोक्तालाई धम्की दिएको सूचना पाएपछि गएको प्रहरी टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो।
टेकबहादुर, राज्यविरुद्ध सङ्गठित अपराध र राजद्रोहविरुद्धको मुद्दा गरी दुई मुद्दाका अभियुक्त रहेको जनाइएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।