रुकुम– रुकुम–पश्चिमको मुसीकोट खलंगाबाट आठबीसकोट जाँदै गरेको लु१ज २६३८ नंको जिप बुधबार साँझ दुर्घटना हुँदा १
जनाको मृत्यु हुनाका साथै ९ जना घाइते भएका छन्।
वाँफीकोट गाउँपालिका वडा नं ६ मग्मामा भएको उक्त दुर्घटनामा परी सोही गाउँपालिका वडा नं ७ का अन्दाजी २९ वर्षीय खम्बु खत्रीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतककी श्रीमती २७ वर्षीया अमृता खत्री र सात वर्षीय छोरा हिडन खत्री गम्भीर घाइते भएका छन्भ। सोही गाउँपालिका वडा नं ७ का ३५ वर्षीया प्रकाश नेपाली, २० वर्षीया निरुता खत्री, ४० वर्षीय बलबहादुर नेपाली, २६ वर्षीय राजकुमार खत्री, मञ्जु खत्री, आठबीसकोट नगरपालिका वडा नं ९ का २५ वर्षीय रमेश खत्री र वडा नं १२ का ३८ वर्षीय मानबहादुर विष्ट घाइते भएका छन्।
घाइतेको हाल जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। घाइते आमा–छोराको अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
जिपमा क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको र जिप चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।