काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत हेमबहादुर मल्ल पुरस्कारबाट सम्मानित हुने भएका छन्।
दुई लाख राशिको सो पुरस्कार उनीहरूलाई प्रदान गर्न लागिएको नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसनले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।
लामो समयदेखिको लोडसेडिङ समस्यालाई हटाउन योगदान गरेको भन्दै घिसिङलाई र आँखाको उपचारमा अतुलनीय योगदान गरेकाले रुइतलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो।
सम्मान प्रदान गर्न गठित उच्चस्तरीय छनोट समितिका संयोजक कृष्णहरी बाँस्कोटाले घिसिङलाई २०७३ सालको र रुईतलाई २०७४ सालको पुरस्कारबाट सम्मान गर्न लागिएको बताए।
हेमबहादुर मल्ल सम्मान पुरस्कार २०५९ सालमा स्थापना भएको हो।
बाग्लुङमा जन्मिएका मल्ल साल्ट ट्रेडिङ कर्पोरेसनका महाप्रबन्धक भई रोलमोडल प्रशासन र व्यवस्थापकको रुपमा काम गरेकाले उनको सम्झनामा उक्त पुरस्कारको स्थापना गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।