भैरहवा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले जिल्ला अदालत रुपन्देहीका दुईजना कर्मचारीलाई दुई हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
सेवाग्राहीसगँ मुद्दाको धरौटी रकम फिर्ता गराउनमा सहजीकरण गरिदिने भन्दै घुस लिदै गर्दा अदालतका नासुद्वय बिनोद शर्मा र बुद्धिप्रकाश न्यौपानेलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले जानकारी दिए।
उनका अनुसार सिद्धार्थनगर नगरपालिका-७ (भैरहवा) स्थित एक खाजाघरमा घुस लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो।
नासुद्वय शर्मा र न्यौपानेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।