काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) समाजवादी पार्टी सरकारबाट बाहिरियो, पार्टीका तर्फबाट सरकारमा सहभागी अध्यक्ष उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईद्वारा मन्त्री पदबाट राजीनामा।
२) प्रमुख प्रतिपक्षी कांग्रेसको विरोधपछि विकास समितिबाट पारित भएन सूचना प्रविधिसम्बन्धी विधेयक, आफूहरूले राखेका संशोधनलाई बेवास्ता गरिएको कांग्रेस सांसदको तर्क।
३)अन्योलको भूमरीमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, रुख नकाट्न सर्वोच्चको आदेश, गेमचेन्जर परियोजना भएको सरोकारवालाहरूको दाबी, वातावरण र पूर्वाधारविद्बीच विवाद कायमै।
४)पोखरा प्रिमियर लिग क्रिकेटमा लगातार पाँच खेल जित्दै चितवन फाइनलमा, काठमाडौं गोल्डेन वारियर्स ६० रनले पराजित, प्ले अफमा पुग्ने काठमाडौंको सम्भावना कायमै।
५) र, भारतको पूर्वी राज्य झारखण्डमा भएको विधानसभा निर्वाचनमा भाजपालाई धक्का, कांग्रेस गठबन्धनले ४७ स्थानमा जित्दा भाजपा २५ सीटमा सीमित, मुख्यमन्त्री रघुवर दास पराजित।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।