धनगढी- नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले भारत र नेपाल बीच देखापरेको कालापानी, सुस्ता लगायतका भू-भागलाई लिएर नेपालले अन्तराष्ट्रियकरण गर्नुको विकल्प नभएको बताएका छन्।
‘भारतसँग युद्ध गरेर आफ्नो भूमि फिर्ता ल्याउने सामर्थ्य नेपालसँग छैन‚’ महामन्त्री सिंहले भने‚ ‘यस्तो अवस्थामा नेपालले सीमा विवादलाई अन्तराष्ट्रियकरण गर्नुको विकल्प छैन, तर सरकार त्यसो गर्न खुट्टा कमाइरहेको छ।’
मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले वर्तमान सरकार आफ्ना वाचा पुरा गर्न नसक्दा अलोकप्रिय हुन थालेको बताए। ‘सिण्डिकेट अन्त्य, भ्रष्ट्राचार अन्त्य, तस्करलाई नियन्त्रणमा लिनेजस्ता सरकारका सुरुवाती योजना अझै पुरा हुन सकेका छैनन्।’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।