• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भारतले पठायो कूटनीतिक नोटको जवाफ, सीमासम्बन्धी वार्ता अझै अन्यौलमा

नेपाली भाषासमेत बोल्ने नयाँ विदेश सचिवले सुल्झाउलान् समस्या?
64x64
नेपाल लाइभ मंगलबार, पुस ८, २०७६  १७:५०
1140x725

काठमाडौं- नेपालको कालापानी (लिम्पयाधुरा र लिपुलेकसहित) क्षेत्र समावेश गरी भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि त्यसबारे वार्ता गर्न नेपालले पठाएको भारतलाई पठाएको कूटनीतिक नोटमा भारत सरकारले ‘रेस्पोन्स’ गरेको छ। 

परराष्ट्र सचिव शंकरदास बैरागीले भारतले नेपाल सरकारलाई पठाएको पत्र प्राप्त भएको बताएका छन्। पत्रबारे विस्तृतमा बताउन भने उनले चाहेनन्। ‘भारतले पठाएको पत्र प्राप्त भएको छ,’ सचिव बैरागीले नेपाल लाइभसँग भने, ‘पत्रमा के-के छ भन्ने मलाई जानकारी भएन।’

नोभेम्बर २ मा भारतले नयाँ राजनीतिक नक्सा जारी गरेर नेपालको कालापानी क्षेत्रलाई समेटेपछि नेपालले त्यसको विरोधमा भारतलाई कूटनीतिक नोट पठाएको थियो। 

नेपाल सरकारले भारतको कदमप्रति आपत्ति जनाउँदै नोभेम्बर २० मा भारतलाई कूटनीतिक नोट पठाएको थियो भने २३ नोभेम्बरमा सीमासम्बन्धी परराष्ट्र सचिवस्तरमा वार्ता गर्नका लागि प्रस्ताव गरेको थियो। 

के छ पत्रमा? 
परराष्ट्र स्रोतले पत्रबारे विस्तृतमा नखुलाए पनि कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्वीकार्दै भारतले त्यसलाई समाधान गर्न तयार बताइएको छ। 

नेपालस्थित भारतीय दूतावासमार्फत् नेपाल सरकारलाई सम्बोधन गर्दै भारतले पत्र पठाएको हो। स्रोतका अनुसार भारतले पठाएको जवाफमा सीमासम्बन्धी वार्ताको मितिबारे उल्लेख छैन। पत्रमा ‘आपसी समझदारीमा उपयुक्त तिथिमा वार्ता गर्ने’ व्यहोरा उल्लेख भएको बताइएको छ।

भारतले पत्र पठाए पनि नेपालले प्रस्ताव गरेअनुसार बैठक कहिले बस्छ भन्नेमा भने अझै अन्यौल कायमै छ।

नेपालका लागि भारतीय पूर्वराजदूत रणजित रायले कालापानीका विषयमा नेपालमा आन्दोलन भइरहेको भन्दै त्यस्तो वातावरणमा नेपालसँग वार्ता सम्भव नहुने टिप्पणी गरेका छन्। ‘कालापानी नेपालमा भावनात्मक (इमोसनल) इस्यू भएको छ,’ नयाँ दिल्लीमा शुक्रबार 'फोरम फर इन्नोभेटिभ रिसर्च एन्ड कन्स्ट्रक्टिभ डायलग'द्वारा आयोजित कार्यक्रममा उनले भनेका थिए, ‘हामी पनि चीनका विषयमा इमोसनल हुन्छौँ। सीमाका विषयमा यो स्वाभाविकै हो। संवादको वातावरण बनाएर विद्यमान कूटनीतिक संयन्त्रलाई अघि बढाउनुपर्छ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

नेपालले पठाएको पत्रको ‘रेस्पोन्स’ नगरेको भन्दै नेपालमा भारतको आलोचना सुरु भएको थियो। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार संसदीय दलको बैठकमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ नपठाएको ‘ब्रिफिङ’ गरेका थिए। 

अघिल्लो साता सकिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले काली नदी पूर्वको नेपाली भूभागसमेत समावेश गरेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई बैठकले अस्वीकार र अमान्य भएको घोषणा गरेको थियो। बैठकले यसको छिटो समाधान गर्न आवश्यक कूटनीतिक र राजनीतिक प्रयास गर्न सरकारलाई निर्देशन दिएको थियो। 

कालापानी क्षेत्रबारे राष्ट्रिय धारणा बनाउन नोभेम्बर १० मा प्रधानमन्त्रीले सर्वदलीय र सर्वपक्षीय बैठक आयोजना गरेका थिए। उनले सार्वजनिक रूपमा कालापानीबाट भारतीय सेना हटाउन आह्वान समेत गरेका थिए। 

प्रधानमन्त्री ओलीले नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपाललाई कालापानी लागायतको क्षेत्रको सीमाबारे भारतसँग वार्ता गर्न ‘विशेष दूत’का रूपमा पठाउने तयारी गरेका थिए। तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष दूतलाइ भेट्न समय नमिलाएपछि त्यतिकै सेलाएको थियो। 

नेपाली भाषा बोल्ने विदेश सचिव
भारतको नयाँ विदेश सचिवमा हर्षवर्द्धन शृंगाला नियुक्त हुने भएका छन्। अमेरिकाका लागि भारतीय राजदूत रहेका उनलाई सोमबार भारतीय सरकारले विदेश सचिवमा नियुक्त गरेको हो। 

उनले निर्वतमान विदेश सचिव विजय गोख्लेलाई प्रतिस्थापन गर्ने छन्। शृंगाला भारतको ३३ औं विदेश सचिव हुन्। गोख्ले सन् २०२० को जनवरी २८ देखि विदेश सचिवबाट बिदाइ हुँदै छन्।

यसअघि बङ्लादेश, श्रीलंका, माल्दिभ्स, म्यानमारमा पनि राजदूत रहिसकेका उनी विभिन्न भाषामा संचार गर्न सक्षम छन्। नेपाली भाषामा समेत संचार गर्न सक्ने उनी फ्रेन्च, भियतनामीलगायतका भाषा पनि राम्रै बोल्छन्। 

सन् २०१४ को परराष्ट्र मन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकले सुस्ता र कालापानीको विवादित विषय मिलाउने जिम्मा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई दिएको थियो। सीमा समस्या समाधान गर्न नेपालले परराष्ट्र सचिव स्तरीय बैठकको प्रस्ताव गरेको छ। 

भारतीय विदेश मन्त्रालयमा नेपाल-भूटान हेर्ने उत्तरी विभागको नेतृत्वसमेत गरेका र नेपाली भाषा समेत जान्ने शृंगाला विदेश सचिव भएपछि परराष्ट्र सचिवस्तरीय बैठकमा कालापानी समस्या समाधान गर्न सहज हुन सक्ने आँकलन गर्ने धेरै छन्। 

कतिपयले कालापानीका विषयमा परराष्ट्र सचिव स्तरमा वार्ता गर्न भारत इच्छुक नदेखिनुमा गोख्लेको बिदाईलाई कारक ठानेका थिए। सेवा निवृत्त हुन लागेका गोख्लेले संवेदनशील मुद्दामा हात हाल्न नचाहेको अर्थमा हेरिएको थियो।

राजदूत पनि नयाँ आउँदै
विदेश सचिव मात्रै होइन, नेपालका लागि भारतीय राजदूत पनि नयाँ आउन लागेका छन्। नेपालका लागि भारतका राजदूत रहेका मञ्जिवसिंह पुरीको कार्यकाल सकिए पछि नयाँ राजदूत आउन लागेका हुन्। अहिले सिंगापुरमा भारतका उच्च आयुक्त रहेका जावेद असरफ नेपालका लागि नयाँ राजदूत भएर आउने चर्चा भारतीय राजनीतिक वृत्तमा छ। 

सन् २०१६ मा त्यता सिंगापुर गएका उनले फ्रैंकफर्ट र बर्लिनमा रहेरसमेत काम गरिसकेका छन्। उनले नेपालस्थित भारतीय दूतावासमा ३ वर्ष कन्सुलर भएर काम समेत गरेका थिए। 

सन् २०१५ मा नेपालमा आएको भूकम्पपीडितप्रति सर्मपित गर्दै उनले ‘अ डे इन लाइफ अफ काठमाडौं’ पुस्तकसमेत प्रकाशित गरेका छन्।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  १७:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’
खोला किनाराका सुकुम्वासीको सुरक्षित स्थानान्तरण गर्न चैत मसान्तसम्म योजना अघि बढाउन रास्वपाको सुझाव
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता
सम्बन्धित सामग्री
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यादेश फिर्ताको कारणबारे आफू हाल अध्ययन र बुझाइको प्रक्रियामा रहेको उ... आइतबार, वैशाख २०, २०८३
खोला किनाराका सुकुम्वासीको सुरक्षित स्थानान्तरण गर्न चैत मसान्तसम्म योजना अघि बढाउन रास्वपाको सुझाव आइतबार बसेको पार्टी सचिवालय बैठकले उक्त विषयमा सरकारलाई स्पष्ट कार्ययोजना बनाउन आग्रह गर्ने निर्णय गरेको हो। बैठकपछि प्रवक्ता मनिष झ... आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता यसअघि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक फिर्ता गर्दा उठाएका आधार र कारणलाई नै दोहोर्‍याउँदै राष्ट्रपतिले अध्यादेश पुनः विच... आइतबार, वैशाख २०, २०८३
ताजा समाचारसबै
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
खोला किनाराका सुकुम्वासीको सुरक्षित स्थानान्तरण गर्न चैत मसान्तसम्म योजना अघि बढाउन रास्वपाको सुझाव आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
नदी किनारका विस्थापितलाई सम्पर्कमा आउन सरकारको आग्रह आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
शंखमुल क्षेत्रमा १५० वटा पक्की घर भत्काइयो शनिबार, वैशाख १९, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्