काठमाडौं- यस वर्षको उत्कृष्ट सरकारी वकिल (एटर्नी अफ द इयर) सहन्यायाधिवक्ता मुरारीप्रसाद पौडेल भएका छन्।
देशभरका सरकारी वकिलहरुको कार्यसम्पादन मूल्यांकनमा उनी अब्बल सावित भएका हुन्।
सरकारी वकिल दिवसका अवसरमा मंगलबार उनीलाई उत्कृष्ट भएको घोषणा गरिएको हो।
त्यसैगरी, देशभर कार्यसम्पादनमा रहेका मध्ये १० सरकारी वकिल र कर्मचारीलाई पनि सम्मान गरिएको छ।
वि स २००८ पुस ८ मा पहिलो महान्यायाधिवक्ता नियुक्त भएका थिए।
सोही दिनको सम्झनामा हरेक वर्ष पुस ८ गते सरकारी वकिल दिवस मनाइँदै आएको छ।
पहिलो महान्यायाधिवक्ता कालीप्रसाद उपाध्याय थिए।
यी हुन् उत्कृष्ट १० सरकारी वकिल र कर्मचारी
- लक्ष्मण उपाध्याय घिमिरे, जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देही
- सुदिपकुमार दंगाल, महान्यायाधिवक्ताको कार्यालय
- मोना सिंह, जिल्ला सरकारी वकिलको कार्यालय, ललितपुर
- प्रमोद भट्टराई, जिल्ला सरकारी वकिल कार्यालय, भोजपुर
- गणेशराज शाह, जिल्ला सरकारी वकिल कार्यालय, सल्यान
- नासु पुष्पा पाण्डे, जिल्ला सरकारी वकिल कार्यालय, खोटाङ
- नासु भुवन दाहाल, उच्च सरकारी वकिल कार्यालय, पोखरा
- खरिदार बद्रीप्रसाद दाहाल, जिल्ला सरकारी वकिल कार्यालय, सप्तरी
- हलुका सवारी चालक पन्ना मर्हजन, महान्यायाधिवक्ताको कार्यालय,
- कार्यालय सहयोगी धनवीर सिंह भाट, जिल्ला सरकारी वकिल कार्यालय, कञ्चनपुर
- उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालय- सरकारी वकिलको कार्यालय, झापा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।