रुकुम- पश्चिम रुकुमको सदरमुकाम मुसिकोटबाट आठबिसकोट जाँदै गरेको लु १ ज २६३८ नम्बरको जिप बुधबार साँझ बाफिकोट–६ मग्मामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा ६ यात्रु गम्भीर घाइते भएको प्रहरी नायव उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए। घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइँदै छ।
अहिलेसम्म मृतकको पहिचान भइसकेको छैन।
जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेको बताइएको छ।
प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हो। पाँच यात्रु क्षमताको जिपमा २३ जना सवार थिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।