काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष एवं कानुनमन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि मन्त्रिपरिषद् बैठकमा लगेको प्रस्ताव सार्वजकि भएको छ।
समाजवादी पार्टीका तर्फबाट मंगलबार सार्वजनिक गरिएको प्रस्तावअनुसार संविधान संशाेधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव उपप्रधानमन्त्री एवम् कानुनमन्त्री यादवले सोमबारको मन्त्रिपरिषद् बैठकमा गरेका थिए। यादवले यस्तो प्रस्ताव गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र उनीबीच बैठकमा चर्काचर्की भएकाे थियो।
एक मन्त्रीका अनुसार मन्त्रिपरिषद्को बैठकमा यादवले ‘मेरो एउटा प्रस्ताव छ’ भनेर संविधान संशोधनको प्रस्ताव गोजीबाट निकालेका थिए। प्रस्तावका बारेमा प्रधानमन्त्री ओलीले जिज्ञासा राख्दा ‘संविधान संशोधन’ रहेको उनले बताएका थिए।
त्यसपछि प्रधानमन्त्री ओली उनीसँग कड्किएका थिए। ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीज्यूले संविधान असंशोधनीय नभएपनि प्रस्ताव ल्याउने तरिका ठिक नभएको बताउनुभयो। उहाँले भन्नुभयो– यो संशोधन त हुनसक्छ। तर, त्यसअघि राष्ट्रिय सहमति जरुरी छ। विशेष गरी प्रतिपक्षी दल नेपाली कांग्रेससँग यस विषयमा सहमति जुटाउनुपर्छ। यो खुसुखुसु मन्त्रिपरिषद्ले संशोधन गर्ने विषय होइन।’
यादवले पहिचानमा आधारित संघीय प्रणाली, निर्वाचन प्रणाली, शासकीय स्वरुप, समानुपातिक समावेशिता, संघ, प्रदेश र स्थानीय तहको क्षेत्रअधिकार लगायतका विषयमा संसोधनका लागि अध्यन गर्न ५ सदस्यीय एक विज्ञ समिति गठन गर्न प्रस्ताव गरेका छन्।
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।