बर्दघाट- बिहीबारबाट सुरु हुने एसइई परीक्षामा नवलपरासीबाट ११ हजार परीक्षार्थी सहभागी हुँदै छन्।
बर्दघाट सुस्ता पूर्व र बर्दघाट सुस्ता पश्चिम भनेर दुई खण्डमा विभाजित नवलपरासीमा यस वर्ष पूर्व र पश्चिम गरेर ४१ स्थानमा परीक्षा केन्द्र तोकिएका छन्।
नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा यस वर्षको परीक्षामा ४ हजार ७ सय २१ जना परीक्षार्थी सहभागी हुने नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी तोयानाथ लम्सालले जानकारी दिए। सो क्षेत्रमा १७ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ।
त्यस्तै, नवलपरासी बर्दघाट सुस्तापूर्वबाट ६ हजार १ सय ६० जना विद्यार्थी सहभागी हुने कावासोतीका नगर शिक्षा अधिकारी कृष्णचन्द्र पोख्रेलले बताए। नवलपुरका २४ वटा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ।
एसइई परीक्षामा यस वर्ष नवलपरासी पश्चिम र पूर्व गरी २ सय ७ जना परीक्षार्थी परीक्षा दिन अयोग्य ठहर भएको बर्दघाट सुस्ता पश्चिमका सहायक जिल्ला शिक्षा अधिकारी लम्सालले बताए।
पूर्वी नवलपरासीका २४ वटा र पश्चिम नवलपरासीका १७ वटा परीक्षा केन्द्रमा उत्तरपुस्तिकासहित केन्द्राध्यक्ष पुगिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।