काठमाडौं– एक्सपर्ट कलेज प्रिमियर लिग २०१८ को काठमाडौंको उपाधि गोल्डेनगेट कलेजले जितेको छ। बुधबार भएको फाइनलमा गोल्डेनगेटले ब्लु बर्ड कलेजलाई ६२ रनले पराजित गर्दै उपाधि जितेको हो।
टस जितेर ब्याटिङ गरेको गोल्डेनगेट २० ओभर १ सय ४४ रनमा अलआउट भयो। गोल्डेनगेटका लागि रविन्द्रजंग शाहीले ५३ रन र अल्फाज मन्सुरीले ३२ रन जोडेका थिए । बलिङतर्फ ब्लुबर्डका शंकर पौडेलले ४ विकेट लिए । उनले ४ ओभर ३२ रन खर्चे।
१ सय ४५ रनको लक्ष्य पछ्याएको ब्लुबर्डले १९ ओभरमा ८२ रनमा अलआउट भयो। ब्लुबर्डका लागि दुर्गेश थापाले १८ रन जोडे। बलिङतर्फ गोल्डनगेटका सोरभसिहं पेलाले ३ विकेट लिए । उनले ४ ओभर ११ रन खर्चिए। खेलको म्यान अफ द म्याच अल्फाज मन्सुरी घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।