वालिङ, स्याङ्जा- स्याङ्जाको पश्चिममा पर्ने कालीगण्डकी गाउँपालिका–६ दब्चेमा माटोको ढिस्कोले पुरिएर बुधबार दिउँसो एक महिलाको मृत्यु भएको छ।
कालीगण्डकी गाउँपालिका–६ दब्चे लाम्दीकोटकी ४१ वर्षीया इन्दिरा रानाको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ। रानाको घर पोत्ने रातो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो।
घटनामा परी सोही स्थानका १८ वर्षीया भावना दर्लामी र ५२ वर्षीया जितमाया गाहा घाइते भएका छन्। उनीहरूको पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।