• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख १३, २०८३ Sun, Apr 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

चालकको लापर्बाहीले दुर्घटना बढेको भन्दै संघीय ऐनमा 'लाइसेन्स'लाई कडाइ गरिँदै

अर्को साता प्रदेश सरकारहरूसंग छलफल
64x64
नेपाल लाइभ मंगलबार, पुस ८, २०७६  १२:५१
1140x725

काठमाडौं- सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने प्रक्रिया सहज भएकाे निष्कर्षसहित कडाइ गर्ने तयारी गरेकाे छ।

नयाँ बन्दै गरेको संघीय यातायात ऐनमा ठूला सवारीसाधन चलाउन चाहनेले लिने लाइसेन्सको लिखित र ट्रायल परीक्षा परिमार्जन गर्ने भएको हाे। हाल २०४९ को सवारी तथा यातायात व्यवस्था ऐनअनुसार देशभर लाइसेन्स दिने व्यवस्था गरिएको छ। सरकारले २०७० बैशाखदेखि लाइसेन्समा नयाँ व्यवस्था लागू गरेको थियो।

त्यसअघि सामान्य तवरको ट्रायल दिने व्यवस्था थियो। लाइसेन्सको प्रयोगात्मक परीक्षा अन्तर्राष्ट्रिय स्तरको बनाउने भन्दै अंग्रेजी आठ आकार, उकालो, ओरालो, ट्राफिक लाइट, एलब्याकलयात समावेश गरिएको थियो। 

अब बन्ने संघीय यातायात ऐनमा पुनः नयाँ व्यवस्था गर्न लागिएको छ। सार्वजनिक तथा ठूला सवारीको लाइसेन्स परीक्षा थप कडाइ गर्ने गरी नयाँ व्यवस्थाको प्रस्ताव गरिको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। ‘संघीय ऐन बन्ने क्रममा रहेको छ। हामीले सार्वजनिक सवारीको लाइसेन्स दिने व्यवस्थालाई परिमार्जनको प्रस्ताव गरेका छौं,’ उनले भने, ‘सार्वजनिक सवारीको लाइसेन्सलाई थप व्यवहारिक बनाउने गरी कानुन ल्याउन प्रस्ताव गर्दैछौं।’ 

संघीय यातायात ऐन निर्माणको विषयमा छलफल गर्न पुस १३ र १४ गते विभागले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल र सुझाव लिने तयारी गरेको छ। विभागले संघीय सवारी तथा यातायात ऐनको मस्यौदा तयार पारिरहेको छ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको पालामा समेत ऐनको ड्राफ्ट बनेको थियो। तर, मन्त्री महासेठले उक्त मस्यौदा अघि नै नबढाएको आरोप लाग्दै आएको थियो।

नेपालमा सार्वजनिक सवारी दुर्घटना दर बढ्दो छ। ट्राफिक प्रहरीका अनुसार सवारी दुर्घटना हुनुमा ७५ प्रतिशत कारण चालकको लापर्बाही रहेको देखिन्छ। बाँकी कारणमा यान्त्रिक गडबडी, सडकको अवस्था र पैदलयात्रु लगायत रहेका छन्। 

हमालले लिखित परीक्षामा निश्चित समयको कोर्ष नै राख्न लागिएको बताए। अहिले तीन महिनाको कोर्ष राख्न प्रस्ताव गर्न लागिएको छ। त्यसमा सवारीसाधनको यान्त्रिक अवस्था, सवारीसाधनसँग जोडिने विषय, यात्रुसँग गर्ने व्यवहारलगायत समावेश गर्ने तयारी छ।

nimb
nimb
Ncell 2
Ncell 2

सार्वजनिक सवारीको लाइसेन्स सामान्य ट्रायलबाट दिने व्यवस्था परिवर्तन गरी फिल्डमै टेष्ट पासपछि मात्र लाइसेन्स दिइने योजना विभागले बनाएको छ। लाइसेन्स प्राप्त गरेपछि पनि ६ महिनाको ट्रायल अवधि राखिने छ। यो अवधिमा सवारीसाधन संचालन गरेको रिपोर्ट राम्रो भए मात्रै लाइसेन्स दिइने छ।

अहिले सडक पुर्वाधार नहुँदा पनि सवारीसाधन संचालन भइरहेको छ। ट्रयाक खोल्ने वित्तिकै अधिकांश पहाडी क्षेत्रमा सवारीसाधन संचालन हुँदै आएका छन्। यो विषयमा कसरी अघि बढ्ने र दुर्घटना कम गराउने भन्ने विषयमा यातायात व्यवस्था विभागले सडक विभागलगायत सरोकारवालासँगै छलफल थालेको छ। 

गत शुक्रबार विकास तथा प्रविधि समितिको बैंठमा सरोकारवालाहरुले सडकको अडिट गरेरमात्र सवारी गुडाउन दिनुपर्ने, सवारीको यान्त्रिक परिक्षण गर्नुपर्नेलगायतका विषय कार्यान्वय हुनुपर्नेमा जोड दिएका थिए। 

ट्राफिक नियम उल्लंघन गर्दा जरिवाना कम भएकाले निरुत्साहीत भनएको भन्दै संघीय ऐन मार्फत ट्राफिक जरिवाना बढाउन लागिएको विभागले जनाएको छ। न्यून जरिवनाका कारण नियम मिच्ने बढेको र यसले दुर्घटना बढाएको विभागको भनाइ छ।

लाइसेन्स लिनका लागि उमेरसमेत बढाउन लागिएको छ। विभागले दुई पाङग्रेका लागि १८ र चार पाङग्रेका लागि २५ वर्ष बनाउन लागेको हो। यो सुझाव ट्राफिक प्रहरीले विभागलाई दिएको हो। यातायातका अधिकांश अधिकारहरू प्रदेश मातहतमा छन्। कतिपय प्रदेशले प्रदेश यातायात ऐन बनाइसकेका छन् भने कतिपय बनाउने क्रममा रहेका छन्। संघीय ऐनसँग प्रदेश ऐन बाझिन नहुने भएकाले पनि छिटो बन्नु पर्ने हुन्छ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  १२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात शनिबार, वैशाख १२, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्