एजेन्सी- एयरक्राफ्ट निर्माता बाेइंगले प्रमुख कार्यकारी अधिकारी (सीईओ)बाट डेनिस मिलनबर्गलाई हटाएकाे छ। बाेइंगका अनुसार यस वर्ष अक्टोबरदेखि अध्यक्षको रूपमा सेवा गरिरहेका डेभिल काल्हौं मिलेनबर्गकाे ठाउँमा आउनेछन्।
तत्कालका लागि अन्तरिम सीईओ कम्पनीका मुख्य वित्तीय अधिकारी ग्रेग स्मिथ हुनेछन्। मिलनबर्ग हटाउनको मुख्य कारण गत वर्षको अक्टोबर र मार्चमा दुई बाेइंग म्याक्स विमानको दुर्घटना हो भन्ने विश्वास गरिन्छ। त्यस बेलादेखि कम्पनी दबाबमा थियो।
डिसेम्बर १२ मा बोइंगलाई यी दुर्घटनाका लागि अमेरिकी संघीय उड्डयन एजेन्सी (एफएए)ले सचेत गराएकाे थियाे। बैठकमा उड्डयन अधिकारी र दुर्घटनामा मारिएकाहरूको आफन्तहरूले मिलेनबर्गको राजीनामा मागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।