तेहरान– इरानले अमेरिकाको चेतावनीको बेवास्ता गर्दै मध्यम दूरीको मिसाइल परीक्षण गरेको छ। सरकारी टेलिभिजनले खुरर्मशहर मिसाइल प्रक्षेपणको तस्बिर सार्वजनिक गरेको थियो।
इरानको मिसाइल परीक्षण गर्ने निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अमेरिकाले इरानको बेलेस्टिक मिसाइल कार्यक्रमलाई समर्थन गर्ने देशलाई समेत जरिवाना लगाउने विधेयकमा हस्ताक्षर गरेको अवस्थामा यो घटनालाई वासिङ्टनलाई चिढ्याउने नीतिको रुपमा हेरिएको छ।
शुक्रबारको सैन्य परेडमा इरानले ‘रिभल्युशनरी गार्ड’ को प्रदर्शन गरेको थियो । सन् १९८० को दशकमा इरान–इराक युद्धको सम्झनामा आयोजित कार्यक्रममा इरानले २ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने मिसाइलको प्रदर्शन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।