डोटी- भरखरै निर्माण भएको सडकमाथिको ढिस्को खस्दा पुरिएर दिपायलमा एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा आज बिहान ढिस्को खस्दा शिखर नगरपालिका–११ अमडोराका मोहन बलायरकी तीन वर्षीया छोरी निशा बलायरको मृत्यु भएको हो। घटनास्थलबाट उद्धार गरी शैलेश्वरी अस्पताल दिपायलमा पुर्याउने क्रममा उनको मृत्यु भएको हो । उनी दिपायलमा फुपूको घर आएकी थिइन्।
घटनामा परी दिपायल सिलगढी नगरपालिका–२ दिपायलका ५६ वर्षीय चेत साहु घाइते भएका छन्। उनको शैलेश्वरी अस्पतालमै उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।