सिन्धुली- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को राष्ट्रिय भेला १३ बुँदे ‘नेवा– ताम्सालिङ समावेशी सञ्चार घोषणा पत्र–२०७६’ जारी गर्दै सम्पन्न भएकाे छ।
सिन्धुलीको सिन्धुलीगढीस्थित खनियाखर्कमा पुस ६ र ७ गते चलेकाे भेलाले सरकारले निर्धारण गरेको पत्रकारको न्यूनतम पारिश्रमिक सबै सञ्चारमाध्यममा लागू गराउन माग गरेकाे छ। समाचार लेखेकै भरमा पत्रकारलाई कुटपिट गर्ने, धम्क्याउने, मानसिक तनाव दिने जस्ता गतिविधि तत्काल अन्त्य गर्दै पत्रकारको पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न तीनै तहका सरकारसँग यो भेलाले माग गरेकाे छ।
यस्तै भेलाले प्रदेश नम्बर ३ को नाम ‘ताम्सालिङ–नेवा’ राख्न माग गरेकाे छ। नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई घोषणा गर्न भेलाले माग गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।