काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आन्तरिम मामिलामा कसैको पनि हस्तक्षेप आफूलाई सह्य नहुने चेतावनी दिएका छन्। सात वटै प्रदेशका मुख्यमन्त्रीसँगको बैठकमा ओलीले नेपालको आन्तरिक मामिलामा कुनै पनि विदेशी निकायहरुको टिप्पणी आवश्यक नहुने बताए।
केही समयदेखि छिमेकी देशसँग सम्बन्ध बिगारेको भनेर आफूमाथि गलत आरोप लगाइएको भन्दै उनले गलत प्रचारको पछि नलाग्न मुख्यमन्त्रीहरुलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले आफू देशको आन्तरिक मामिलामा संवेदनशील रहेको र देशको आन्तरिक मामिलामा कसैले हात हाले सहेर नबस्ने चेतावनी दिएका हुन्।
नेपालका आन्तरिम समस्याहरु आफैले समाधान गर्न सक्षम रहेको भन्दै उनको भनाइ थियो। केही समयपहिले पाकिस्तानका प्रधानमन्त्री शाहिद अब्बासीको भ्रमण र युरोपियन युनियनको भनाइलाई समेत लिएर प्रधानमन्त्री ओलीले देशको आन्तरिक मामिलामा विदेशीहरुले पढाउन जरुरी नरहेको बताएका हुन्।
यसैबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिमा प्रदेश–प्रदेश प्रतिस्पर्धामा उत्रने गरी काम गर्न निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।