काठमाडौं- काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट चार किलो २ सय ४५ ग्राम यार्सागुम्बासहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दार्चुला दुहम गाउँपालिका-५ का गर्जेसिंह महरा, भारत उत्तराखण्डका प्रेमसिंह र सोही ठाउँ बस्ने हरिश सिंह रहेको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले युके ०४ टिबी १९६७ नम्बरको कारमा भित्री पार्टपूर्जा मेकानिक्सद्वारा जाँच गर्ने क्रममा गाडीको सिटमुनि उक्त परिमाणको यार्सागुम्बा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई सवारी साधन र यार्सागुम्बासहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।