काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सार्वजनिक लेखा समितिले माग्यो गोकर्ण फरेष्ट रिसोर्टको समय थपसम्बन्धी कागजपत्र, दरबारमार्गको लिज सम्झौताको कागजपत्र पनि ७ दिनभित्र पेस गर्न निर्देशन।
२) राजस्व चुहावट नियन्त्रणका लागि सरकारले लागू गरेको भिसिटिएस प्रणाली प्रभावकारी बन्दै, कारोबारको यथार्थता र मूल्य अभिवृद्धि करको परिपालनामा समेत सहयोग पुगेको विभागको दाबी।
३) उद्योग सचिव खतिवडालाई लेखा समिति सभापतिको चेतावनी– अख्तियार आकर्षित होला निर्णय नलुकाउनुस्, सिमेन्ट उत्पादनमा पुरानै मापदण्ड कायम गर्न समितिको निर्देशन।
४) पोखरा प्रिमियर लिग टी ट्वान्टी क्रिकेटमा लगातार ४ खेल हारेर बाहिरियो साविक विजेता पोखरा, धनगढी ब्लुजद्वारा पोखरा पल्टन ५ विकेटले पराजित।
५) र, जमाल खशोग्जी हत्याकाण्डमा साउदी अदालतद्वारा पाँच जनालाई मृत्युदण्डको फैसला, अन्य तीन जनालाई सबै जोडेर २४ वर्षको जेल सजाय।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।