वीरगंज- सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वाले २० किलो ८ सय ६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ।
सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको नेतृत्वमा खटिएको टोलीले नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको अवस्थामा २१ पोकामा रहेको सो परिमाणको चरेस धोबिनी गाउँपालिका-५ ओरिया खोला नजिकबाट बरामद गरेको हो।
सोमबार बिहान करीब ४ बजेतिर गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ दुईजना तस्करले सो चरेसको पोका फालेर भागेका थिए। बरामद गरेको चरेस इलाका प्रहरी कार्यालय पोखरीयालाई बुझाइएको बताइएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।