काठमाडौं- दाङ जिल्ला अदालतले राजपुरबाट पक्राउ परेका विप्लव नेकपाका केन्द्रीय सदस्य एवम् मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द (बिरजंग) सहितका २१ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएपनि उनीहरुले रिहा हुन अस्वीकार गरेका छन्।
नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुरसहितको टोलीलाई जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले १५ हजार धरौटीमा रिहा गर्न आदेश गरेको थियो। जनही १५ हजार धरौटीमा रिहा गर्नेबित्तिकै पुनः प्रहरीले पक्राउ गर्ने भन्दै उनीहरुले अदातलको आदेश अनुसार रिहा हुन अस्वीकार गरेका हुन्।
असोज ३० गते प्रहरीले घेरा हालेर विप्लव माओवादीका उच्चस्तरीय नेताहरुलाई पक्राउ गरेको थियो। नेपाल-भारत सीमा-नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका-४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको थियो।
विप्लवको मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द (बिरजंग), केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्षलगायतका नेता तथा कार्यकर्ता पक्राउ परेका थिए।
मुग्रेटाखोलास्थित जङ्गलमा विप्लव समूहको बैठक भइरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति १ः०० बजे उनीहरुलाई पक्राउ गरेको थियो।
को को पक्राउ परेका थिए ?
१) केशवबहादुर बाँठा मगर (सुवास) -राप्ती ब्युरो इन्चार्ज
२) चन्द्रबहादुर चन्द (बिरजङ्ग) -केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज एवम् मध्यपश्चिम कमाण्ड इन्चार्ज
३) रामबहादुर थापा (सुन्दर) - राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४) सविन पोख्रेल -राप्ती ब्युरो कार्यालय सचिव
५) यमलाल कटुवाल(विक्रम) - जिल्ला इन्चार्ज
६) प्रदीप वली - जिल्ला सेक्रेटरी
७) बविन केसी (पाटन, जंगली) - युव संगठन नेपाल केन्द्रीय अध्यक्ष
८) सुनिल पौडेल - बुद्धिजिवी
९) एकराज चौधरी ( एरिया नम्बर ४ इन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१०) धनबहादुर बोहोरा (महान) - एरिया नम्बर १ इन्चार्ज एवम् राजपुर गाउँपालिका सेक्रेटरी
११) तिलक पुन - पूर्व जनमुक्ति सेना
१२) सुरज विक - दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३) हितप्रसाद रोका - पार्टी सदस्य
१४) पोष्टमान घर्ती
१५) दल बहादुर घर्ती
१६) अमित घर्ती मगर
१७) बालकृष्ण शर्मा
१८) जीत क्षेत्री
१९) रमेश आचार्य
२०) कुल बहादुर वली
२१) विष्णु थापा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।