एजेन्सी- सलमान खान र किच्चा सुदीप अभिनित ‘दवंग-३’ फिल्मले तीन दिनमै करीब ८१ करोडको कमाइ गरेको छ।
पहिलो दिनमा २४ करोड यसैगरी दोस्रो दिनमा २५ करोडको कमाइ गरेको थियो भने तेस्रो दिनमा फिल्मले ३२ करोडको कारोबार गरेको थियो।
देशमा नागरिकता कानुन संशोधन र एनआरसीको विरोधका कारण फिल्मले घाटा भने व्यहोर्नु परेको छ।
ट्रेड एनालिस्ट तरन आदर्शका ट्विटअनुसार त फिल्मले सप्ताहान्तमा करीब १२ करोडको घाटा व्यहोरेको छ।
तर यो वर्षको तथ्याङ्कअनुसार ‘दवंग-३’ साताको सुरुवातमै सबैभन्दा धेरै कमाउने फिल्ममध्ये पाँचौं स्थानमा पर्न सफल भएको छ।
यसैगरी ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म ‘वार’ सो तथ्याङ्कको पहिलो नम्बरमा पर्न सफल भएको छ। उक्त फिल्मले साताको सुरुवाती चरणमै करीब १६६ करोडको कारोबार गरेको थियो।
यसैगरी हलिउड फिल्म ‘एभेन्जर्स : एन्ड गेम’ ले १५७ करोडको कमाइ गर्दै दोस्रो स्थानमा परेको छ भने १५० करोडको कमाइ गर्दै तेस्रो स्थानमा सलमान खान अभिनित फिल्म ‘भारत’ परेको छ। यसैगरी चौथों स्थानमा अक्षय कुमार अभिनित ‘मिशन मंगल’ रहेको छ। सो फिल्मले सप्ताहन्तमा करीब ९८ करोडको कारोबार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।