काठमाडौं- काठमाडौंमा बसेर शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले ७२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। सोमबार तीन वटै प्रहरी कार्यालयले संयुक्त अपरेसनबाट अवैध रुपमा बसेका ती चिनियाँ नागरिक पक्राउ परेका हुन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर टेकुको एउटै टिम बनाएर अपरेसन सञ्चालन गरेको थियो।
केही दिनअघि मात्रै गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा राजधानीका मनमैंजु, बाँसबारी र सामाखुसीमा बसेर सेल्टर बनाई चिनियाँहरुले शंकास्पद गतिविधि गरेको रिर्पोट सुरक्षा प्रमुखहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई बुझाएका थिए।
अपरेसन अहिले पनि जारी रहेको प्रहरीको दाबी छ। प्रहरी उच्च स्रोतका अनुसार चिनियाँ नागरिक के का लागि बसेको र किन बसेको भन्ने जानकारी अनुसन्धानपछि मात्र बताउन सकिने छ। यसरी पक्राउ परेकाहरु अधिकांशको भिसाको म्याद समेत सकिएको पाइएको छ।
होटल भनेर बसे पनि कुनै साईनबोर्ड समेत नभएको प्रहरीले जनाएको छ। पर्यटक बनेर बसेका तर होटलमा कुनै साईनबोर्ड नभएको प्रहरीले जनाएको छ। उनीहरुबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।