ललितपुर- ग्वार्कोस्थित बिएन्डबी अस्पतालको गेट नजिकै बा ८५ प ९२७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
मंगलबार बेलुकी सवा ७ बजे भएको दुर्घटनामा पैदलयात्री, सातदोबाटो बस्ने ६० वर्षीय चैतमान शाक्यको मृत्यु भएको हो। गम्भीर घाइते भएका शाक्यको उपचारको क्रममा बिएन्डबी अस्पतालमा गएराति पौने १० बजे मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ललितपुर झम्सीखेल बस्ने सप्तरी राजविराजका १९ वर्षीय सन्तोष सिंहको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकलमा पछाडि सवार उनका १८ वर्षीय भाइ सुभाष सिंहको भने बिएन्डबी अस्पतालमै उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।