काठमाडौं– दरबारमार्गको होटल ल्याण्डमार्कमा एक युवतीलाई सामूहिक बलात्कार गर्ने एक युवक २ महिनापछि पक्राउ परेका छन्।
फरार रहेका शैलेश कार्कीलाई मंगलबार प्रहरीले दरबारमार्गबाटै पक्राउ गरेको हो। गत माघ ७ गते ल्याण्डमार्क होटलमा चार युवकले एक किशोरीमाथि बलात्कार गरेका थिए। पक्राउ परेका कार्की पीडित युवतीका प्रेमी हुन्।
प्रेमिकालाई मदिरा पिलाएर उनले बलात्कार गर्न लगाएका थिए। घटनामा संलग्न विकास गौतम, दीपक श्रेष्ठ र रबि पौडेल फरार छन्। घटनापछि दरबारमार्ग प्रहरीले मिलापत्र गराएको थियो। जून घटनामा संलग्न प्रहरीहरु समेत कारबाहीमा परिसकेका छन्। घटनामा फरार रहेका अन्य अभियुक्तहरुको खोजी भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।