नेपालगञ्ज– वर्षौंदेखि जीर्ण नेपालगञ्ज वडा नं ८ स्थित ऐतिहासिक रानी तलाउको मंगलबारदेखि पुनःनिर्माण शुरु गरिएको छ।
करीब डेढ दशकदेखि उपयोगविहीन रानी तलाउ पुनःनिर्माणको उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले शुभारम्भ गरेका हुन्। उपमहानगरपालिकाको २२ लाख ७८ हजार रुपैयाँ लागतमा पन्त कन्स्ट्रक्सनमार्फत आगामी असार १५ सम्म पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको छ।
तलाउको माटो सम्याउने, पर्खाल, क्यान्टिन निर्माण र मर्मत गरिने, दक्षिणतर्फ ३ वटा साना भवन बनाइनाका साथै डिप बोरिङमार्फत नियमित पानीको व्यवस्था गरेर डुंगा सञ्चालनको व्यवस्था गरिने बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।