काठमाडौं- नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले नेपालको मिचिएको सिमा फिर्ता ल्याउने विषयमा सरकार गम्भीर नरहेको आरोप लगाएका छन्।
उनले संघीय संसदको राष्ट्रिय सभामा बोल्दै सरकार के गरिरहेको हो संसदमा जानकारी गराउन माग गरेका हुन्।
‘नाकाबन्दीको समयमा देखिएको राष्ट्रवादी छवि अहिले किन नदेखिएको भन्दै सांसद पाण्डेले त्यो भन्दा झन् संवेदशील विषयमा किन मौन हुनुहुन्छ‚’ उनले भने‚ ‘सदनमा आएर यो विषयमा जानकारी दिनुपर्छ, सरकार र परराष्ट्र के गरिरहेको छ।’ हामी भारतसँग किन सुगौली सन्धिपछिको जमिन हाम्रो हो भन्न सकेका छैनौँ भन्दै उनले नाकाबन्दीमा आगो ओकल्न तयार प्रधानमन्त्रीले अहिले भारतीय प्रधानमन्त्रीसँग किन कुरा गर्न सकेका छैनन् भन्ने कुराको जानकारी जनतालाई गराउन माग गरे।
प्रतिपक्ष, नागरिक समाज र सञ्चार माध्यमको साथ भएको समयमा सरकार किन पछि हटेको भन्दै उनले राष्ट्रिय सभा अध्यक्षसँग प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको जवाफ माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।