काठमाडौं- हङकङका लागि नेपाली श्रमिकहरुलाई ट्रान्जिट भिसा व्यवस्था गर्न कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणसहितको टोलीले परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ।
काठमाडौं-हङकङ-मकाउ/मकाउ-हङकङ-काठमाडौं सबैभन्दा पायक र सहज रुट भएको तर सो रुट भएर यात्रा गर्नका लागि नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिसाको व्यवस्था नभएकाले हङकङको ट्रान्जिट भिसा व्यवस्थाका लागि प्रमुख सचेतक खाणसहितको टोलीले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई आइतबार ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाएको हो।
प्रमुख सचेतक खाँडसहित नेपाल तरुण दलका पूर्व सचिव एवं नेपाली कांग्रेस महासमिति सदस्य जन्मजय तिमिल्सिना, तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङ, नेपाल मकाउ चेम्बर अफ कमर्शका अध्यक्ष सुदर्शन थापा मगर, मनोज गुरुङ, रामकृष्ण श्रेष्ठको टोलीले ज्ञापन पत्र बुझाएका हुन्।
भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिसा नहुँदा नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताउँदै यस विषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
हाल वर्क परमिट प्राप्त गरी करिब ४ हजार नेपाली युवाहरु रोजगारीका लागि मकाउमा रहँदै आएका छन्। काठमाडौंदेखि मकाउ जान र मकाउदेखि काठमाडौं आउन हालसम्म सोझो हवाइ उडान नभएकाले मकाउमा रोजगारीका लागि पुग्ने तथा पुगेर फर्किने युवाहरुले कठिनाइ भोग्नु परेको अवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।