जनकपुर- जनकपुरको शुक्रबारे बजार नजिकै आज बिहान शंकास्पद वस्तु फेला परेको छ। शंकास्पद वस्तु भेटिएपछि बमको शंकामा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका- ४ को शुक्रबारे बजार र मुर्लिचाेककाे बीचमा बाटो बन्द गरेकाे छ। अहिले प्रहरीले घटनास्थलको चारैतिरबाट घेरा हालेको छ।
घटनास्थलदेखि जिल्ला प्रहरी कार्यालय पनि नजिकै पर्छ। शंकास्पद वस्तु फेला परेपछि प्रहरीले सडकमा आवतजावत ठप्प पारेको छ। फेला परेको शंकास्पद वस्तु बम रहेको आशंका गरिए पनि बम नै हो भन्ने पुष्टि हुन सकेको छैन।
उक्त शंकास्पद वस्तु पहिचानका लागि नेपाली सेनालाई प्रहरीले खबर गरिसकेको र सेनाको डिस्पोजल टोली पुगेपछि बम हो वा होइन यकिन गर्ने प्रहरीले जनाएको छ।
यसअघि जनकपुरको संकटमोचन मन्दिर नजिकै दुई ठाउँमा र धनुषाधामको एक सामुदायिक विद्यालय र महेन्द्रनगर मा शंकास्पद वस्तु फेला परेको थियो। तर ती वस्तुहरु बम भएको पुष्टि भएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।