काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सैन्य गठबन्धनको अंग नभएकोले नेपालले संसदबाट छिटो पारित गर्नुपर्ने बताएका छन्।
रिपोटर्स क्लबमा पत्रकारहरुसँग साक्षात्कारमा बोल्दै नेता महतले मुलुकको आर्थिक वृद्धिद्धर बढाउन एमसीसी अन्तर्गतका कार्यक्रमहरुले ठूलो मद्दत पुर्याउने बताएका हुन्।
एमसीसीको सैन्य गठबन्धनसँग कुनै सम्बन्ध नभएको बताउँदै भ्रममा नपर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरे। 'एमसीसी संघीय संसदबाट चाँडोभन्दा चाँडो पारित गर्न सरकारसमक्ष आग्रह गर्छु,' उनले भने।
सन् २००४ बाट अमेरिकी सरकारले निश्चित् शर्त र मापदण्ड पूरा गर्ने देशहरुलाई एमसीसी कार्यक्रमअन्तर्गत ५० करोड अमेरिकी डलर सहयोग गर्दै आएकाले सबै सर्त पूरा गरी सहयोग लिन ढिलाई गर्न नहुने उनको धारणा थियो।
फरक प्रसङ्गमा उनले कांग्रेस भित्र केही विवाद रहेको बताउँदै ती विवाद तत्काल समाधान हुनुपर्नेमा जोड दिए। उनले बहुमतको आधारमा अनुचित निर्णय गर्न नहुने भन्दै महाधिवेशनलाई मुख्य एजेण्डा बनाउनुपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।