दाङ- पानीमा डुबेर आइतबार दुई बालकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका-१ अठ्ठाइसेको किचेनी दहमा डुबेर दुईजना बालकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय भूपेन्द्र धर्तीका साढे दुई वर्षीय छोरा युवराज घर्ती र बुद्धिराम घर्तीका चार वर्षीय छोरा समीर घर्ती रहेका छन्। खेल्ने क्रममा बालक पानीमा डुबेको प्रहरीले जनाएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।