काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेकपा स्थायी कमिटी बैठकः एमसिसीबारे निर्णय गर्ने अधिकार सचिवालयलाई, भारतको नयाँ नक्सा अस्वीकार, कालापानीबारे भारतसँग कूटनीतिक वार्ता गर्न निर्देशन।
२) निजगढ विमानस्थल विवादमा प्रधानन्यायाधीश राणाको इजलाशले जारी ग¥यो अन्तरिम आदेश, यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय, विमानस्थल निर्माण अन्योलमा।
३) एनसेललाई ठूला करदाता कार्यालयको पत्र– १५ दिनभित्र कर नतिरे कारबाही, १ सय २० दिनका लागि एनसेलले लियो ४ बैंकबाट १० अर्ब रुपैयाँ ऋण।
४) पोखरा प्रिमियर लिग क्रिकेटमा धनगढीलाई हराउँदै बुटवल एक खेलअघि नै प्ले अफमा, लोकेश बमको अर्धशतकले जोगिएन विराटनगर, चितवनको लगातार चौथो जित।
५) र, राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकी संसदको तल्लो सदनबाट पारित महाभियोग पक्षपातपूर्ण रहेको रिपब्लिकन पार्टीको दाबी, इतिहासमा सबैभन्दा धेरै हतार गरेर ल्याइएको प्रस्ताव भएको तर्क।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।