काठमाडौं- अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन्।
शनिबार राति अपहरणमा परेका अध्यक्ष शाहीलाई कालीकोट प्रहरीले शुभकालिका जङगलबाट अपहरणमुक्त गरेको हो। अध्यक्ष शाहीसहित उनकी पत्नी इला मल्ल शाही पनि अपहरणमा परेकी थिइन्।
विप्लव माओवादीले उनीहरुलाई आर्थिक अनियमितता गरेको आरोपमा अपहरण गरेको थियो। श्रीमती शाहीलाई भने दिउँसो उनीहरुले बीचैमा छाडेका थिए। इला स्थानीय कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापकसमेत थिइन्।
शाही दम्पतीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार राति साढे १२ बजे अपहरण गरेको थियो। विद्यालयका अर्का शिक्षक हस्तबहादुर शाहीलाई पनि अपहरण गरिएको थियो। उनलाई भने केही समयपछि नै छाडिएको थियो।
गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव कार्यकर्ताले यसअघि नै अध्यक्ष शाहीलाई चेतावनी पत्र दिएका थिए।
अपहरणमुक्त भएका नेकपा नेता विष्णु रिजालले सामाजिक सञ्जालमा प्रहरीको पहलले अपहरणमुक्त भएको जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।