पोेखरा– पोेखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटको १२औँ खेलमा धनगढी ब्लुजलाई बुटवल ब्लास्टरले ७ विकेटले हराएको छ। हर्ष टन्क र अफ्ताबुद्धिन अहमदको आक्रामक ब्याटिङले बुटवलले एक खेल अघि नै प्लेअफ पुग्ने पक्का गरेको हो।
१ सय ४१ रनको लक्ष्य बुटवलले १६.४ ओभरमा ३ विकेट जाँदा पूरा गरेको हो।
यसअघि धनगढीले पहिलो खेलमा विराटनगरलाई ५ रनले हराएको थियो। दोस्रो खेलमा काठमाडौंसँग १ सय ६ रनले हारेको धनगढी तेस्रो खेलमा चितवनसँग ५२ रनले हारेको थियो। यस्तै पहिलो खेलमा काठमाडौंलाई सुपर ओभरमा हराएको बुटवल दोस्रो खेलमा चितवनसँग १ सय १९ रनले हारेको थियो भने तेस्रो खेलमा पोखरालाई ८ विकेटले हराएको थियो।
जितसँगै चितवन र बुटवल प्लेअफमा पुग्न सफल भइसकेका छन्। अब लिग चरणका तीन खेल बाँकी छन्। जसमा धनगढी र पोखरा, चितवन र काठमाडौं साथै विराटनगर र बुटवलबीच खेल हुनेछ।
अहिलेसम्म चारमा चारै खेल जितेको चितवन ८ अंक तालिकाको शीर्ष स्थानमा छ। चार खेलमा तीन खेल जितेको बुटवल ६ अंकसहित दोस्रो स्थानमा छ। चार खेलमा दुई हार र दुुई जितसहित ४ अंक भएको काठमाडौं तेस्रो स्थानमा छ। समान दुई–दुई अंक रहेका विराटनगर, पोखरा र धनगढी क्रमशः चौथौ, पाँचौँ र छैठौँ स्थानमा छन्।
.JPG)
आइतबार पोखरा रंगशाला क्रिकेट मैदानमा बुटवलका लागि ओपनिङमा आएका अफ्ताबुद्धिन अहमदले २३ बलमा ५२ रन बनाए। शंकर रानादे ३१ बलमा २५ रन बनाए। हर्ष टन्कले २१ बलमा ४० रन बनाए। शिवम सिंहले ११ बलमा १५ रन साथै भिम सार्कीले १४ बलमा ७ रन बनाए।
यसअघि १९.५ ओभरमा १ सय ४० रन बनाउँदा धनगढी अलआउट भएको थियो। बुटवलले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको धनगढीले कप्तान दिपेन्द्र सिंह ऐरीको अर्धशतकमा मध्यम योगफलमा बनाएको थियो। ४५ बल खेलेका दिपेन्द्रले ६ चौका २ छक्कासहित ६१ रन बनाए।
ओपनिङमा आएका सुवेन्दु पाण्डेले ७ बलमा १ रन साथै रोड्रिगो थोमसले ६ बलमा ५ रन बनाएका थिए। ५ बल खेलेका सन्दीप रजाइली शून्यमै आउट भए। उत्कृष्ट लयमा देखिएका सन्दीप जोरा ३२ बलमा ३९ रन बनाउँदा रनआउट हुन पुगे। उनले ४ चौका १ छक्का हानेका थिए। चौथो विकेटका लागि सन्दीपले दिपेन्द्रसँग ८७ रनको साझेदारी गरेका थिए। दीपक पुनियाले ५ बलमा ४ रन हाने।
बुटवलका लागि अभिनास बोहराले ४ विकेट लिए। ३.५ ओभर बलिङ गरेका उनले २६ रन खर्चेका थिए। यस्तै ललित भण्डारीले तीन र सोमपाल कामीले एक विकेट लिए।
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।