काठमाडौं– एएफसी एसियन कप २०१९ छनोट अन्तर्गत यमन विरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरिएको छ। नेपाल राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले २० सदस्यीय टिम घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
टिममा सबै खेलाडी यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका छन्। नेपालले यमनसँग आगामी १३ चैतमा प्रतिस्पर्धा गर्दैछ। समूह 'एफ' मा रहेको नेपाल छनोटबाट यसअघि नै बाहिरिसकेको छ। त्यसैले यमन विरुद्धको खेल औपचारिकतामै सीमित हुनेछ।
समूहका सुरुवाती ५ मध्ये ३ खेल हारेको नेपालले २ खेल बराबरी खेलेको थियो। ५ मध्ये एक खेलमा पनि जित हात पार्न सकेको नेपाल अन्तिम खेल अघि बाहिएको थियो।

पहिलो खेलमा फिलिपिन्ससँग ४–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको थियो। तेस्रो खेलमा ताजकिस्तानसँग २–१ ले पराजित भएको नेपाल चौथो खेलमा पनि ताजकिस्तानसँगै ३–० ले हारेको थियो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पाँचौ खेलमा नेपालले फिलिपिन्सँग गोलरहित बराबरी खेलेको थियो। गत कात्तिक २८ मा भएको सो खेलपछि नेपालले पहिलो पटक खेल्न लागेको हो।
यमन विरुद्धको अन्तिम खेल कतारको दोहास्थित बिन हम्माम रंगशालामा हुनेछ।
यमनविरुद्ध खेल्ने नेपाली टिम
गोलकिपर– किरण चेमजोङ, विशेक कुथु, एलन न्यौपाने
डिफेन्डर– विराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर– विशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामर, सुजल श्रेष्ठ, सुनिल बल, अन्जन विष्ट, सुमन लामा
फरवार्ड– विमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की
प्रमुख प्रशिक्षक – ग्योतोकु कोजी
प्रशिक्षक – राजुकाजी शाक्य
गोलकिपर प्रशिक्षक – उज्ज्वल मानन्धर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।