काठमाडौं- पाकिस्तानका बाबर अजामले श्रीलंकाविरुद्धको दोस्रो टेष्ट क्रिकेट खेलमा शतक बनाएका छन्।
योसँगै पाकिस्तानका चार खेलाडीले एकै पारिमा शतक बनाएका छन्। बाबरले १३१ बलमा ७ चौका र १ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। यसअघि पाकिस्तानका लागि ३ खेलाडीले शतक बनाएका थिए।
पाकिस्तानका लागि बविद अलीले १७४ रन बनाए। उनले २१ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, ओपनिङमा आएका सान मसोदले पनि शतक बनाएका थिए। उनले ७ चौका र ३ छक्काको मद्दतमा १३५ रन बनाएर आउट भएका थिए। बविद र सान मिलेर २७८ रनको कीर्तिमानी साँझेदारी गरे।
त्यस्तै, पाकिस्तानका लागि कप्तान अजर अलीले ११८ रन बनाउँदै शतक पूरा गरेका थिए।
श्रीलंकाले आफ्नो पहिलो पारीमा २७१ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।