काठमाडौं- बिग ब्यास लिग क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले लगातार दोस्रो जित हात पारेको छ।
आइतबार भएको आफ्नो दोस्रो खेलमा मेलबर्नले होबर्ट हुरिकेन्सलाई ५२ रनले पराजित गरेको हो। १६४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको होबर्टले निर्धारित ओभर सकिन ४ ओभर बाँकी छदै सबै विकेटको क्षतिमा १११ रन मात्रै बनाउन सक्यो।
उसका लागि क्लिब रोसले अविजित ३२ र क्यालेब जेवलले २५ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो स्कोर बनाउन सकेनन्। बलिङतर्फ मेलबर्नका हरिस राउफले ५ विकेट लिए। म्यान अफ द म्याच घोषित भएका उनले ४ ओभरमा मात्र २७ रन खर्चिएर ५ विकेट लिएका थिए। त्यस्तै, कप्तान ग्लेन म्याक्श्वेल र एडम जाम्पाले समान २–२ विकेट लिदा सन्दीपले भने १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६३ रन बनाएको थियो। मेलबर्नका लागि मार्कुस स्टोइनिसले अविजित ८१ रन बनाए। उनले ५४ बलमा ७ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै नाइक म्याडिन्सनले ४० रन बनाए।
बिग ब्यासमा यसअघि आफ्नो पहिलो खेलमा मेलबर्नले ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।