काठमाडौं- श्रीलंकाविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा पाकिस्तानका तीन खेलाडीले एकै पारीमा शतक बनाएका छन्।
आफ्नो पहिलो पारी खराब खेल्दै १९१ रनमै सबै विकेट गुमाएको पाकिस्तानका लागि दोस्रो पारीमा भने अग्रपंत्तिका तीन खेलाडीले शतक बनाएका हुन्।
पाकिस्तानका लागि बविद अलीले १७४ रन बनाए। उनले २१ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, ओपनिङमा आएका सान मसोदले पनि शतक बनाए। उनले ७ चौका र ३ छक्काको मद्दतमा १३५ रन बनाए। बविद र सान मिलेर २७८ रनको कीर्तिमानी साझेदारी गरे।
त्यस्तै, पाकिस्तानका लागि कप्तान अजर अलीले ११८ रन बनाउँदै शतक पूरा गरे। टेष्ट क्रिकेटमा उनको यो १६औं शतक हो।
योसँगै पाकिस्तानले श्रीलंकाविरुद्ध फराकिलो अग्रता बनाएको छ। दोस्रो टेष्ट क्रिकेटको यो आज चौथो दिन हो।
श्रीलंकाले आफ्नो पहिलो पारीमा २७१ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।