काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज विभागीय टिम एपीएफ क्लबले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्दैछ।
खेल त्रिपुरेश्वरस्थित रशरथ रंशगालामा दिउँसो ३ बजे सुरु हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ खेल तालिका अनुसार आज एक खेल मात्रै हुन लागेको हो। आफ्नो पहिलो खेलमा नै डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबसँग २-० गोलअन्तरले पराजित भएको एपिएफ क्लब आजको खेलमा भने जित हात पार्ने लक्ष्यमा छ।
यता, हिमालयन शेर्पाले भने आफ्नो पहिलो खेलमा बलियो टिम मानिएको विभागीय क्लब नेपाल पुलिससँग गोलरहित बराबरी खेलेको थियो। त्यसकारण पनि आजको खेलमा उसको मनोबल उच्च छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।