काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले जित हात पारेको छ।
शनिबार भएको खेलमा घरेलु टोली म्यान्चेस्टर सिटीले लेस्टरलाई ३-१ गोलअन्तरले पराजित गरेको हो। म्यान्चेस्टर सिटीको जितमा रियाद महरेज, इल्के गुन्डोगन र गाब्रियल जिससले गोल गरे। इता, लेष्टरका लागि जेमी भार्डीले गोल फर्काएका थिए।
भार्डीले खेलको २२औं मिनेटमा गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए। तर खेलको ३०औं मिनेटमा महरेजले गोल गरेपछि म्यान्चेस्टर सिटीले १–१ गोलको बराबरी बनायो।
खेलको ४३औं मिनेटमा पेनाल्टीबाट गुन्डोगनले गोल गरेपछि २–१ गोलको अग्रता बनाएको म्यान्चेस्टर सिटीलाई खेलको ६९औं मिनेटमा गाब्रियलले गोल गर्दै ३-१ गेलको जित दिलाए।
जितसँगै १८ खेलबाट ३८ अंक बनाएको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको लेष्टरको समान खेलबाट ३९ अंक छ। यता, लिग लिडर लिभरपुलको भने १७ खेलबाट ४९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।